दाङ । दाङमा चट्याङ लागेर छोराको मृत्यु भएको छ, भने आमा छोरी घाइते भएका छन् । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका ११ खुङकोट बस्ने ४२ वर्षीया निमकली साहुका ३ वर्षीय छोरा समिर साहु रहेको
धनकुटा । गएराती वर्षा सँगै परेको चट्याङ लागेर धनकुटामा एक व्यक्तिको मृत्यु भएको छ । जिल्लाको पाख्रीवास नगरपालिका वडा नं ६ छरछरे टोलका वर्ष ६५ का गणेश बहादुर कार्कीको अन्दाजी राती ९ बजेको समयमा
भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा १९ जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका छन् । पछिल्लो २४ घण्टामा राज्यका १० जिल्लामा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको थियो ।
सर्लाही- सर्लाहीको बागमती नगरपालिकामा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ। शुक्रबार बिहान आफ्नै खेतमा काम गरिरहेको अवस्थामा बागमती-१ मिलनचोक घर भएकी ६४ वर्षीया गोमा आले मगरको चट्याङ लागेर मृत्यु भएको हो।
बुटवल । कपिलबस्तुमा चट्याङ लागेर दुईजनाको मृत्यु भएकोछ। बुद्धभूमि नगरपालिका–१० धनकौली १७ वर्षे राजु ठाकुर र यशोधरा गाउँपालिका–६ भैइसहियाका २२ वर्षे महेश कलवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेशविक्रम शाहीले बताए।
बुटवल । दाङमा चट्याङले लागेर एक जना बालकको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपापिलका–४ खाद्रेका १० वर्षीय सुवास विकको चट्याङ लागेर ज्यान गएको हो । सोमबार बेलुकी घरको आँगनमा बसेर मोबाइल चलाइरहेका रहेका सुवास
बुटवल । पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका ३ स्थित डाँडागाउँका ५६ वर्षीय विमलप्रसाद पन्थ रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।
पाँचथर । पाँचथरमा चट्याङले लागेर एकजना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । मंगलबार राति प्रहरी चौकीमा परेको चट्याङ लागेर प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको मृत्यु भएको प्रहरीले
बुटवल । गुल्मीमा चट्याङ लागेर ८ जना विद्यार्थी घाइते भएका छन्। जिल्लाको मुसिकोट नगरपालिका–६ मा रहेको कुर्घा निम्न माध्यमिक विद्यालयमा विद्यार्थी चट्याङ लाग्दा ८ जना विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक किरण...