लुम्बिनी । ‘लुम्बिनी विश्व सम्पदा सम्मेलन २०२५’ लुम्बिनीमा सुरु भएको छ । बुधवार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सम्मेलनको उद्घाटन गर्दै लुम्बिनी केवल ऐतिहासिक र पुरातात्त्विक स्थल नभई विश्व शान्तिको सन्देश फैलाउने पवित्र भूमि भएको बताएका छन्।