काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्नेबारे छलफल थालेका छन्। विद्यालय शिक्षा ऐनको माग राख्दै काठमाडौं केन्द्रित आन्दोलनमा रहेका शिक्षकहरूको अगुवासँग महामन्त्रीद्वयले छलफल गरेका हुन्।