भोजपुर । यहाँको रामप्रसादराई गाउँपालिका–६ स्थित प्रसिद्ध ऐतिहासिक धार्मिक तथा पर्यटकीयस्थल गङ्गा खोलाको संरक्षण थालिएको छ । गोल्मे राज, गोल्मे रानी भिरको काखमा रहेको यो स्थलको संरक्षणमा वडा कार्यालयसँगै स्थानीय नागरिक जुटेका हुन् ।