बुटवल । बुटवल उपमहानगरपालिकाले नगरभित्र अव्यवस्थित ईरिक्सा संचालनको गुनासो आईरहेको बेला व्यवस्थापनको काम थालेको छ । दर्ताविना सञ्चालनमा रहेका रिक्सालाई नियमन गरी कडाईकासाथ कारबाही प्रक्रियामा अगाडि बढ्ने तयारी भैरहेको उपमहानगरका प्रमुख खेलराज पाण्डेयले बताए ।