मुग्लिन । इच्छाकामना गाउँपालिका वडा नम्बर–१ का १० जना सीमान्तकृत चेपाङ समुदायका एकल महिलालाई सपना भिलेज सोसियल इम्प्याक्टले आयआर्जनका लागि बाख्रा वितरण गरेको छ । सशक्तीकरण परियोजनामार्फत हरेकलाई बुधबार उपहारस्वरूप बाख्रा प्रदान गरिएको हो ।