कैलाली। धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज भएको पहिलो खेलमा क्रिकेट एक्सलेन्ट सेन्टर काठमाडौंले बुटवललाई पराजित गरेको छ । काठमाडौंले पहिले जित दर्ता गर्ने क्रममा न्यू होराइजन बुटवललाई छ विकेटले हराएको हो ।