काठमाडौं । बेलायती राजकुमार एडवार्ड र उनकी श्रीमती सोफिया ६ दिने नेपाल भ्रमणको सिलसिलामा मंगलबार काठमाडौं आइपुगेका छन् । छुट्टाछुट्टै काठमाडौं आएका उनीहरूलाई परराष्ट्र सचिव अमृतबहादुर राईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।