काठमाडौं । राष्ट्रियसभाका सदस्य डा. वेदुराम भुसालले उपभोक्ताहितसँग जोडिएका कुराहरुमा सरकार कमजोर देखिएको बताएका छन् । राष्ट्रियसभाको आजदेखि सुरु भएको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै उनले सरकारले जनताको हितमा काम गर्न नसकेको आरोप लगाए ।