झापा। स्थानीय जातका तरुलको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा ‘तरुल उत्सव’ हुने भएको छ । माघेसङ्क्रान्ति पर्वको अवसर पारेर यही पुस २९ गतेदेखि माघ १ गतेसम्म उत्सव हुने भएको हो ।