काठमाडौं। चलचित्र विकास बोर्डको आयोजनामा आजदेखि यहाँ १० दिने ‘ड्रोन कार्यशाला’ सुरू भएको छ । कार्यशालाको प्रारम्भ गर्दै बोर्डका अध्यक्ष दिनेश डिसीले नयाँ प्रविधिको प्रयोगबाट गुणस्तरीय चलचित्र निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।