नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ हिन्दी संस्करणको स्याटेलाइट र ओटीटी अधिकार बिक्री भएको छ। भारतको चर्चित कम्पनी जी-नेटवर्कले हिन्दी संस्करणको स्याटेलाइट र ओटीटी किनेको निर्माण टिमले जनाएको छ। जी-नेटवर्कअन्तर्गत रहेको जी-फाइभ भारतको लोकप्रिय ओटीटी प्लेटफर्म हो।