विराटनगर। मोरङको केराबारी गाउँपालिका-८ मा सञ्चालित क्रसरले खनेको खाल्डोमा डुबेर दुई जना नाबालकको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा केराबारी-८ का तोयानाथ चौलागाईंका छोराहरू ६ वर्षीय रामचरण र १० वर्षीय भूपेन चौलागाईं छन्।