भैरहवा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल पिछडावर्ग (ओबीसी) महासंघ लुम्बिनी प्रदेश कमिटीको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ । शनिबार कपिलवस्तुको शिवराज नगरपालिकास्थित चन्द्रौटामा बसेको बैठकले विभिन्न निर्णय गरेको हो ।