गुल्मी तम्घास जाने रहर पहिलेदेखि नै थियो । हुन त ‘जिउँदा जीवराज’ वृत्तचित्र बनाउने क्रममा एकपटक त्यता पुगेकै थिएँ । यसपालि तम्घास पुग्दा संस्कृतिकर्मी घनश्याम कोइराला, शिक्षाप्रेमी वाइपी आचार्य लगायतका हामी थियौं । साथमा मोटर
पाल्पाको बर्तुङ्ग पुगेपछि बगनासकाली गाउँपालिका वडा नं.७ खानीछापका वडाध्यक्ष गणबहादुर बुढाथोकीलाई फोन गरें । उनले खाना खान वडा नंं ९ को सामुदायिक सिकाई केन्द्र,चापपानी नजिकैको बुल्ठाके गाउँमा रहेको होटलमा आइपुग्नु भन्ने उर्दी जारी गरे ।