काठमाडौँ । विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएसँगै मुख्यसचिव डा.वैकुण्ठ अर्याल स्वतः निलम्बनमा परेका छन् । अर्याल निलम्बनमा परेपछि प्रधानमन्त्री कार्यालयकी वरिष्ठ सचिव लीलादेवी गडतौलाले निमित्त मुख्य सचिवको जिम्मेबारी सम्हाल्ने भएकी छन् ।