पाल्पा । पाल्पाको तानसेन नगरपालिका वडा नं ५ छापथोकमा एक घर एक धारा अभियान अन्तरगत घरघरमा खानेपानिको धारा पुग्न सफल भएको छ । तानसेन खानेपानि उपभोक्ता समिति पाल्पाको पहलमा सिस्नेमुलको पानि घरघरमा पुगेको हो ।