फिक्कल। माङसेबुङ गाउँपालिका–१ इलामका याम कार्कीले व्यावसायिक बाख्रापालनबाट वार्षिक रु आठदेखि १० लाखसम्म आम्दानी गर्दै आएका छन्। त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातकोत्तर उत्तीर्ण गरी १० वर्ष शिक्षण पेसामा बिताएका उनले गाउँ फर्केर व्यावसायिक बाख्रापालन थालेका हुन्।