अब बालबालिका सम्बन्धि जुनसुकै किसिमको डेटा संकलन वा सेयर गर्दा युट्यबुले अनिवार्य रुपमा अभिभावकको अनुमति लिनुपर्ने भएको छ ।
हाम्रो डिजिटल पहिचानको रुपमा हाम्रा सम्पूर्ण क्रियाकलापहरुको डेटाहरु संकलन भइरहेको हुन्छ । आजभोली बालबालिकाहरु डेटा संकलनको निशाना बन्दै आइरहेका छन् । जसको प्रयोजनबारे हामी अझै अस्पष्ट नै छौं । त्यसो त हामीलाई अहिलेसम्म यसको परिणाम के हुनसक्छ भन्ने कुराको छनक पनि छैन ।
ठूला प्रविधि कम्पनी र मिडियाहरुले गोपनीयता सुरक्षार्थ बनाइएका प्रावधानहरुलाई उल्लंघन गर्न कसरी डार्क प्याटर्न डिजाइनको प्रयोग गरिरहेका छन् भन्ने विषयमा भइरहेको एउटा अनुसन्धानले बालबालिकाहरुको डेटा संकलनको अवस्था कतिको भयावह छ र यसलाई क्यानडाले कसरी पराजित गरिरहेको छ भन्ने कुरा देखाएको छ ।
वयस्कदेखि बालबालिकाहरुसम्मले अनलाइनमा गर्ने सर्च, कुनै एप प्रयोगमार्फत गरेको विक्री वितरण वा क्रस ब्राउजर फिंगरप्रिन्ट, सबै कुराबाट गुगलले हाम्रो डेटामा एक्सेस पाउँछ । अभिभावकले पनि बालबालिकाका लागि अनलाइनमा कुनै सामान खरिद गर्दा होस् वा नयाँ अकाउन्ट सेटअप गर्दा, डेटा राखिरहेकै हुन्छन् ।
अमेरिका र क्यानडाका बालबालिकाहरुले निरन्तर रुपमा एउटा यस्तो प्लेटफर्ममा आफ्नो सूचना दिईरहेका छन् जहाँबाट गुगलले त्यहीँ सूचना प्रयोग गरिरहेको छ ।
गुगलले २०१२ मा शैक्षिक जगतमा प्रवेश गर्यो । अहिले उसले अमेरिकामा शैक्षिक प्रविधि बजारलाई आफ्नो मुठ्ठीमा लिएको छ । यससँगै गुगलले नर्सरीदेखि कक्षा १२ सम्मका बालबालिकाहरुको डेटाको एक्सेस उनीहरुको अभिभावककै संरक्षणमा पाइरहेको छ ।
गुगलकै प्यारेन्ट कम्पनी अल्फाबेटले युट्युब किड्समार्फत बालबालिका लक्षित सामाग्रीहरुमा कब्जा जमाएको छ । साथै गुगल डक्स, जी सुइट, क्रोमबुक्स र त्यसलाई प्रयोग गर्न आजश्यक जीमेल अकाउन्टमाफर्त अनलाइन शैक्षिक क्षेत्रमा उसले उपनिवेश नै जमाइसकेको छ ।
यसरी गुगल शैक्षिक सामाग्रीदेखि, युट्युबहरु जस्ता मनोरञ्जनका सामाग्री, सर्च हिस्ट्रीसम्मबाट बालबालिकाको डेटामा पहुँच पुर्याउँछ । शैक्षिक प्रविधि प्रयोगको आकारलाई हेर्दा एकदमै धेरै ठूलो छ । २०१२ देखि २०१६ को अवधिमा गुगल क्रोमबुकले अमेरिकाको स्कुल बजारमा मात्र ५० प्रतिशत बजार लिइसकेको छ । अहिले अमेरिकाका कक्षा कोठाहरुमा ३ करोड क्रोमबुक प्रयोगमा छन् ।
२०१७ सम्म अमेरिकाका विद्यालयहरुमा ५८ प्रतिशतसम्म खरिद भएका उपकरणहरु गुगलका थिए । आठ करोडभन्दा धेरै विद्यार्थी बालबालिका तथा प्रशिक्षकरुले त्यसलाई विश्वभरी नै चलाउँछन् । २०१५ मा इलेक्ट्रोनिक फ्रन्टियर फाउण्डेसन ईएफएफले ट्रेड कमिसन उजुरी दर्ता गरेको थियो ।
त्यसको पछाडिको कारण के थियो भने क्रोमबुकको डिफल्ट सेटिङले गुगललाई प्रयोगकर्ताकाहरुको डेटा संकलन गर्न छूट दिएको थियो । जसबाट उसले वेभ ब्राउजिङको इतिहास, सर्च इंजिनको रिजल्ट, युट्युब हेर्ने बानी र सेभ भएका पासवर्डसम्ममा पहुँच पुर्याउन सक्थ्यो ।
जीमेल अकाउन्ट आज विद्यालयहरुमा स्ट्याण्डर्ड अभ्यास बनिसकेको छ । विद्यालयमा अविभावकको अनुमति बिना विद्यार्थीहरुको व्याक्तिगत विवरण समेटेर जीमेलमा राखिन्छ्न् । जसलाई गुगलले उनीहरुको जानकारी बिना नै पहुँच बनाइरहेको हुन्छ ।
गुगलले डेटा कलेक्सनको एउटा गतिशिल र समयसान्दर्भिक प्रणाली बनाएर बालबालिकाको भविष्यलाई एक किसिमले आफ्नो चंगुलभित्र राखिसकेको छ । यो संकलित डेटा भविष्यमा कसरी प्रयोग हुन्छ हामीलाई थाहा त छैन तर विज्ञापनले स्वभावमा पार्दै लगेको प्रभावलाई भने हामीले चिन्दै आएका छौं ।
२०१९ को मार्चमा अमेरिकी सिनेटर इद मार्केर जोश हाउलेले एउटा बाइपार्टिसन बिल सिनेटमा पेश गरेका थिए । जसको उदेश्य कोप्पालाई अपडेट गर्नु थियो । जसमा बालबालिका लक्षित विज्ञापनलाई प्रतिबन्ध लगाउने, गोपनीयता सुरक्षाको १३ देखि १५ वर्षसम्मको सीमालाई बढाउने ता की उनीहरुको अनुमतिबिना कसैले पनि डेटामा पहुँच पुर्याउन नसकुन् ।
यदि यो विधेक पास भएको खण्डमा यसले गुगल र फेसबुकको डिजिटल बजारबाट हुने आयमा ठूलो असर पार्नेछ । २०१८ मा यसको आय एक खर्ब ७० करोड डलर रहेको थियो । अब विश्व प्रविधिको क्षेत्रमा बालबालिका तथा युवाहरुको डेटा गोपनीयता कसरी सुरक्षित राख्न सकिन्छ भन्ने कुराको सुनिश्चित गराउन नेपाल जस्ता मुलुकले समेत समयमै सजग हुन जरुरी भइसकेको छ ।
प्रतिक्रिया