ताजा अपडेट »

एसईई उत्तिर्ण गरेका विद्यार्थीलाई नो अब्जेक्सन लेटर नदिने

बुधबार, २९ जेठ २०७६, १६ : १४
18 Shares
बुधबार, २९ जेठ २०७६
18 Shares

जेठ २९, काठमाण्डौं । अबदेखि विदेश पढ्नका लागि एसईई उर्त्तीणको प्रमाणपत्रले मात्रै नपुग्ने भएको छ । सरकारले १२ पास नगरीकन विदेशमा पढ्न जान नदिने भएको हो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसईई उत्तिर्ण गरेका विद्यार्थीलाई विदेश अध्ययन गर्नका लागि चाहिने स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) नदिने निर्णय गरेको छ । मन्त्रालयले विद्यालय तहका विद्यार्थीलाई वैदेशिक अध्ययनमा जान कडाइ गर्न भन्दै नो अब्जेक्सन लेटर दिने व्यवस्था अन्त्य गरेको हो । यसअघि एसईई पास गरेका विद्यार्थीले समेत बंगलादेश, जापान, अष्ट्रेलिया, अमेरिकालगायतका देशमा पढ्नका लागि मन्त्रालयबाट अध्ययन अनुमति स्वीकृति लिँदै आएका थिए । तर अबदेखि १२ कक्षा उत्तिर्ण गरेका विद्यार्थीलाई मात्रै अध्ययन स्वीकृति दिने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

स्नातक, स्नातकोत्तर र विद्यावारिधिलगायत पढ्न जाने विद्यार्थीलाई नो अब्जेक्सन लेटर दिन कुनै बाधा नरहेको समेत मन्त्रालयले भनेको छ । त्यस्तै कुनै कारणवस विदेशमा नै पढ्नुपर्ने वा परिवार विदेश नै भएका विद्यार्थीका हकमा भने परराष्ट्र मन्त्रालय वा राजदूतावासको सिफारिसपछि एसईई पास गरेकालाई अध्ययन स्वीकृति पत्र लिन पाउने छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।