ताजा अपडेट »

आधा अर्ब फेसबुक प्रयोगकर्ताको फोन नम्बरसहितको जानकारी ह्याकरको वेबसाइटमा

सोमबार, २३ चैत्र २०७७, ११ : ०६
12 Shares
सोमबार, २३ चैत्र २०७७
12 Shares

काठमाडौँ । आधा अर्ब फेसबुक प्रयोगकर्ताको फोन नम्बरसहितको व्यक्तिगत सुचना ह्याकरले प्रयोग गर्ने वेबसाइटमा पोस्ट भएको साइबर सेक्युरेटी एक्स्पर्टहरुले बताएका छन्।यसरी धेरै निजी जानकारी पोस्ट भएकोमा अमेरिकी प्रयोगकर्ता रहेको उल्लेख गरिएको छ।

जसमा ३ करोड २० लाख अमेरकी प्रयोगकर्ता एक करोड १० लाख बेलायती प्रयोगकर्ता र ६० लाख भारतीय प्रयोगकर्ताहरु परेको साइबर एक्सपर्ट एलान गलले जनाएको सिएनएनले उल्लेख गरेको छ। पोस्ट भएका व्यक्तिगत सूचनाहरुमा पुरा नाम, लोकेसन, जन्ममिति, इमेल ठेगाना, रिलेसनसिप स्ट्याटसहरु परेको बताइएको छ। तर फेसबुकले भने सन् २०१९ बाट प्रयोगकर्ताको फोन नम्बर हेर्न नमिल्ने गरी प्राविधिक सुधार गरिसकिएको दाबी गरेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।