ताजा अपडेट »

आजदेखि लुम्बिनी प्रदेशसभाको ७ औं अधिवेशन : कार्यसूचीमा २ वटा विधेयक

बुधबार, १८ चैत्र २०७७, १० : ५०
20 Shares
बुधबार, १८ चैत्र २०७७
20 Shares

बुटवल । लुम्बिनी प्रदेशको प्रदेश सभाको सातौं तथा हिउँदे अधिवेशन आज आजदेखि सुरु हुँदै छ । आजको बैठकमा दुई वटा विधेयक माथि छलफल सुरु हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

वर्षे अधिवेसन सकिएको ठीक छ महिनापछि हिउँदे अधिवेसन सुरु हुन लागेको हो । दिउस १ बजे बोलाइएको बैठकमा शुभकामना मन्तव्यपछि २ वटा विधेयकका प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरले ग्लोबल आवाजलाई जानकारी दिए । आजको बैठकमा प्रदेश पूर्वाधार विकास प्राधिकरण सम्बन्धि विधेयकलाई सैद्धान्तिक छलफलका लागि प्रस्ताव पेश गर्ने र प्रदेश विश्व विद्यालय स्थापनाका लागि अध्यन समतिको प्रतिवेदन माथि छलफलका लागि प्रस्ताव पेश हुने भएको छ ।

यस अघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का रुपमा प्रदेश सभामा रहेका सत्तारुढ दल अहिले विभाजित अवस्थामा छन् । सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलाले सत्तारुढ नेकपालाई एकिकरण अघिको अवस्थामा पुर्याइदिएको थियो । एमाले र माओवादी केन्द्र ब्युँतिएपछि अब मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार गठबन्धन सरकारको रुपमा रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।