ताजा अपडेट »

उड्नै लागेको जहाजका पाइलटबीच कुटाकुट भएपछि...

आइतबार, ०६ माघ २०७५, १३ : ५७
30 Shares
आइतबार, ०६ माघ २०७५
30 Shares

माघ ६,

एउटा उड्न लागेको जहाजका पाइलटबीच कुटाकुट भएको छ । भारतको लखनउस्थित अमौसी एयरपोर्टमा बैंगलोरका लागि उड्न लागेको एयर इन्डिगोको विमान (६-ई२२६) का दुई पाइलटबीच जहाजमै कुटाकुट भएको हो ।

पाइलटबीचको झगडाले यति उग्र रुप लियो कि उनीहरु जहाज उडाउनै छाडेर एयरपोर्टबाट बाहिरिए । यसका कारण जहाज पौने चार घण्टासम्म एयरपोर्टमै रोकियो । पाइलटबीचको कुटाकुटका कारण यात्रुहरु ४५ मिनेटसम्म जहाजमै रोकिएका थिए ।

पाइलटबीचको कुटाकुटले जहाज ढिलो हुँदा यात्रुले एयरपोर्टमै हंगामा गरे । त्यसपछि एयरलाइन्स प्रशासनलले पुणेबाट कोलकाता जाने विमान ६ई(५२३ का पाइलटलाई बोलाएर उक्त जहाजलाई साढे चार घण्टापछि बैंगलोर पठाएको थियो ।

इन्डिगो एयरलाइन्सको विमानलाई चौधरी चरण सिंह अन्तरराष्ट्रिय एयरपोर्टबाट दिउँसो २ बजेर २० मिनेटमा लखनउबाट उडान भरेर अपरान्ह ४ः३५ बजे बैंगलोर जानुपर्ने थियो । शनिवार जब यात्री एयरपोर्टको धावनमार्ग पुगे तब विमान ढिलो उड्ने थाहा पाए ।

धेरै ढिलासम्म विमान रनवेतर्फ नगएपछि यात्रीले एयरहोस्टेसलाई सोधेर पाइलटको झगडा थाहा पाए ।

पाइलटको ड्यूटी पूरी भएकाले उनीहरुले जहाज उडाउन नमानेको दाबी एयरपोर्ट प्रशासनले गरेको छ । पाइलट कुटाकुट गर्न थालेपछि इन्डिगो एयरको हेल्पलाइनमा फोन गर्दा कर्मचारीले कुरा सुन्दै नसुनी फोन होल्डमा राखिदिएको यात्रुहरुको गुनासो थियो । - एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।