ताजा अपडेट »

मुख्यमन्त्री राउतको पिएसओको सवारी दुर्घटनामा मृत्यु

शुक्रबार, १३ चैत्र २०७७, १२ : ४८
8 Shares
शुक्रबार, १३ चैत्र २०७७
8 Shares

काठमाडौँ । धनुषामा ट्रक र मोटरसाइकल ठोक्किँदा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको पिएसओको रूपमा कार्यरत एक जना प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ ।

धनुषाको मिथिला नगरपालिका–१० लालगढस्थित मोडल अस्पतालनजिक शुक्रबार बिहान करिब साढे दुई बजेतिर एउटा ट्रकले प्रहरी सहायक निरीक्षक मदनजंग कापर सवार लु ५३ प ८५७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए। ठक्कर दिएर भागेको ट्रकलाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।