दाङ । सशस्त्र युद्धका बेला बन्दुक बोकेर हिँडेका लमही नगरपालिका ३, जखेरा तालका लोकमणि बन्जाडे र उमेश बन्जाडे हिजोआज देउखुरीमा उत्कृष्ट बाख्रापालक र च्याउ खेतीका कृषक बनेका छन् । “बाख्रासँग खेल्दाको मजा नै बेग्लै हुन्छ,” उनीहरु भन्छन् । बाख्रा पालन र च्याउबाट बन्जाडे दाजु भाइको दैनिकी मात्र फेरिएको छैन जीवनस्तरमा पनि नौलो आयाम थपिएको छ ।
हाल उनीहरुसँग ८० वटा उन्नत जातका बाख्रा छन् भने च्याउका लागि ६ ओटा टहराहरु छन । बिहान ५ बजे उठ्छन् र राति ११ बजे उनको दैनिकी समाप्त हुन्छ । बाख्रापालन र च्याउ खेतीका लागि उनीसँग २ कामदार छन । २ भाइ घर परिवार र दुई जना स्थानीयलाई रोजगारीसमेत दिएका छन । अरूको अण्डरमा बस्नुपर्छ, तर यसमा त इच्छाअनुसार चल्न पाइन्छ । त्यसैले हाम्रो लागि सबैभन्दा ठूलो सौभाग्य यही हो,” लोक मणि बन्जाडे बताउँछन । बन्जाडेका अनुसार पहिलेदेखि घरमा १५/१६ वटा स्थानीय जातका बाख्रापालन गर्दै आएका थियौ जसबाट परिवारमा सामान्य गुजारा त चल्यो तर वास्तविक उपलब्धि हासिल हुन सकेन । तेहि अनुरुप अहिले उन्नत जातका बाख्रा पालन गर्न थालेका छौ उमेश बन्जाडेले बताए ।
लोकमणि बन्जाडेले विसं २०६१ मा मा.वि. फल्कापुरमा अध्ययन गर्दै थिए । देशमा सशस्त्र युद्धको चरम उत्कर्समा पुग्दै गर्दा बन्जाडे वि.सं २०६१ तिरै बन्जाडे दाजु भाइ केही समयपछि जनमुक्ति सेनामा आबद्ध भएका थिए । बन्दुक बोकेर निस्किएका बन्जाडे दाजुभाइले रोल्पा, रुकुम, दाङ, सल्यानलगायतका जिल्लामा जनमुक्ति सेनाको भूमिका निर्वाह गरेका थिए । जनमुक्ति सेनाको जिम्मेवारी बोकेका दाजुभाइ बन्दुकले आज तेहि बन्दुक समायर युद्द लडेको हात पशुपालन तर्फ लगाउँदा उनीहरु पालिकाकै उत्कृष्ट बाख्रापालक कृषकको स्थान लिन सफल भएका छन । उनीहरुलाई लमही नगरपालिकाले सम्मानित गरेका हो । सुरुवाती चरणमा १३ वटा उन्नत जातका बाख्राबाट र्फम सञ्चालन गरेका बन्जाडे दाजुभाइ करिब ३ वर्षको बीचमा सम्पूर्ण घरखर्च कटाएर ८० वटा बाख्रा भए । तीमध्ये बोका बेच्दै पाठी राखेर व्यवसाय विस्तार गर्दै आएका बन्जाडे दाजु भाइको व्यक्तिगत रुपमा बाख्रापालन व्यवसाय सञ्चालन गर्ने कृषकमा हाल पालिकाकै अग्रस्थानमा छन् ।
स्थानीय जातका बाख्रा हटाएर १३ बाख्राबाट सञ्चालन गरेको व्यवसायले आज विशाल रुप लिएको देख्दा उनमा थप हौंसला बढ्ने गरेको छ । सम्पूर्ण खर्च कटाएर वार्षिक ५ लाख बचत हुने गरेको उनीहरु बताउँछन । लगनशील भएर जिम्मेवारी पूरा गर्दै गए हरेक क्षेत्रमा सफलता हात पार्न सकिने उनको भनाइ छ । त्यसैले अहिले विदेशिएका तथा स्वदेशमै फुर्सदमा रहेका युवालाई यस पेशाप्रति आकर्षण गरी रोजगारी सृजना गर्न सकिन्छ । पछिल्ला दिनमा विदेशबाट फर्केका युवा बाख्रापालन व्यवसायतर्फ आकर्षित बन्दै गएका छन् । यसका लागि लमही नगरपालिकाबाट बोयर बोका वितरण, डाले घाँसको नर्सरी स्थापना, बाख्राको कृषक पाठशाला, स्थलगत तालिम र चेतना अभिवृद्धि गर्ने कामहरु भइराखेका छन् ।
सुधारिएको बाख्राको खोर निर्माण, कृत्रिम गर्भाधान सेवा, बोयर बोकाको ब्रिडर समूह गठनका साथै बोयर बाख्राका पाठापाठी उत्पादन शुरु भई बोयर बोकाको स्रोत केन्द्रका रुपमा पनि लमही नगरपालिकामा विकसित भएको छ । पशुपालन तथा कृषि क्षेत्रमा सरकारले लगानी गर्न सके बेरोजगार युवा बिदेश पलाएन हुनबाट रोकथाम त हुन्छ नै कृषि तथा पशुपालन क्षेत्रमा आधुनिकिकरण हुने निश्चित छ ।
प्रतिक्रिया