जेठ २२,
ग्लोबल आवाज
बुटवल । विश्व वातावरण दिवसका अवसरमा पत्रकार छवि पाण्डेलाई उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार २०७५ प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले प्रदान गर्दै आएको सो पुरस्कारबाट सम्मानीत पाण्डेलाई नगदराशी २५ हजार प्रदान गरिएको हो । भैरहवामा आज भएको एक कार्यक्रमका बीच पूर्व सभाषद तथा महासंघ रुपन्देही शाखाका पूर्व सभापति बिनोद पहाडी र पुरस्कारका सस्थापक नारायण सापकोटाले पुरस्कार तथा सम्मान पत्र प्रदान प्रदान गरेका थिए ।
बिगत तीन दशकदेखि पत्रकारित क्षेत्रमा क्रियाशील पत्रकार पाण्डे रुपन्देहीको सैनामैना नगरपालिका वार्ड नं. ४ मुर्गिायामा बसोेबास गर्दै आएका छन् । चौतारी दैनिक पत्रिकाबाट पत्रकारितामा प्रवेश गरेका पाण्डे गोरखापत्र दैनिकमा समेत आबद्ध छन् । उनले उत्कृष्ठ पत्रकारिता पुरस्कार, औद्योगिक पत्रकारिता पुरस्कार लगायतका पुरस्कार प्राप्त गरिसकेका छन् ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्यवाहक सभापति दिनेश पाण्डेको सभापतित्व सहसचिव कमल रायमाझिको सञ्चालनमा भएको कार्यक्रममा प्रेस चौतारी रुपन्देहीका अध्यक्ष अमृत गिरी, नेपाल प्रेस युनिय रुपन्देहीका सभापति रेखा भुसाल, प्रेस क्लव लुम्विनीका अध्यक्ष दिपेश पछाई, जिल्ला डिभिजन वन कार्यालय रुपन्देहीका अधिकृत अभिमन्यू केसी, साहित्यकार बिजय सागर, हरी थापा, खिम बहादुर खत्री, थानेश्वर पाण्डे लगायतले बोलेका दिए ।
प्रतिक्रिया