ताजा अपडेट »

कुमालका भाँडाले बजार नपाउँदा संकटमा

विहीबार, ०५ चैत्र २०७७, १७ : २२
94 Shares
विहीबार, ०५ चैत्र २०७७
94 Shares

दाङ । दाङको गढवा गाउँपालिकाम कुमाल समुदायको बस्ती छ । यो बस्तिमा बस्ने सबै जसोको एउटै पेशा व्यवसाय गर्दै आएका छन्, त्यो हो माटोको भाँडाहरु बनाउने । अहिले पनि भाँडा बनाउने काम चलिरहेको छ । यतिबेला काँचो माटोलाई आकार दिएर जीवन चलाइ रहेका छन ।

काँचो माटोलाई आकार दिएर आगोमा पोलेर तयार पारिएका माटोको भाडाँ उनीहरुको घर आगनमा सजिएका छन् । काचो माटो पनि थुपारिएको छ । कोहि माटोको भाँडा बनाउँदै छन् भने कोही काचो माटो मोल्दै छन् । माटोको भाडा बनाउने काम भने त्यति सजिलो छैन निकै मेहनत गर्नुपर्छ । माटो किन्न पैसा तिर्नु पर्दैन तर, माटोको भाडालाई रङ्ग दिनलाई पालिस गर्ने माटो भने किन्नु पर्दछ माटो ल्याउन निकै दुःख छ । ३,४ किलो मिटर टाढाबाट बोकेर ल्याउनु पर्छ । यो पेशाबाट अहिले परिवार पाल्नै गार्हो भएको बलराम कुमालले बताए । माटोको भाडालाई एक दुई हप्ता जति सुकाएर फेरी आगोमा पोल्नु पर्छ । अनि बल्ल बिक्री गर्न लायक हुन्छ ।

सामुदायिक वन र राष्ट्रिय वन नजिकै छ तर दाउरा भने सहजै पाइदैन् । जेनतेन माटोको भाडा बनाउँदै आएका यहाँका कुमाल समुदायको माटाको भाडा बनाउने पेशा संकटमा पर्न थालेको छ । पछिल्लो समय बजारमा प्लाष्टिकका भाडाहरु आउन थालेपछि माटोका भाडा लोप हँुदै जान थालेका हुन । उनीहरुले बनाएका गमला, कोशी, घैटा, खुत्रुके, पाला, कस्तरी, ठेकी करुवा, थारु संस्कारमा प्रयोग हुने हात्ती घोडा, भुर्की, भकरीलगायतका माटोका सामाग्री बिक्री वितरण गर्न नपाउँदा पेशा संकटमा मात्र हैन जिबिकोपार्जनमा समेत ठुलो असर पुगेको उनी हरु बताएका छन् ।

गढवा गाउँपालिका वडा नम्बर ६ कुमाल टोलका ६० बर्षका छोटु कुमालले माटोको भाडा बनाउने काम ९÷१० वर्षको उमेर बाटै सिकेका हुन् । अहिले पनि उनि त्यो पेशामा निरन्तर लागि रहेका छन् । गाडीको सुबिधा नहुँदा दुखरामले आफै बोकेर दाङ देउखुरीका बस्ती/बस्तीसम्म पुराउने काम गरेका छन् । अब उमेरले पनि नेटो काट्यो, जवानीमा बोकेर हिडेको अहिले ढाड दुख्छ बोक्न सक्दैनन उनी बताए । बुवाले गर्दै आएको काम त्यही देखेर सिके ।

पढ्न पाए त हुन्थ्यो भन्ने लाग्थ्यो तर बुवाले पढाएनन् । उनीसँग माटोबाट बन्ने सबै प्रकारका भाडाहरु बनाउने सीप छ । केहि वर्ष अघिसम्म छोटु मात्र हैन त्यो सिंगो कुमाल समुदायले बनाएका भाँडाहरू घोराही, तुलसीपुरलगायत क्षेत्रमा पुग्थ्यो । कतिपय व्यापारीहरु त् घरमै आएर पनि लैजाने गर्थे । जब प्लाष्टिकबाट बनेका भाडाहरू बजारमा आउन थाले तब कुमाल समुदायले दुख गरि बनाएका माटोका भाडाहरु घरमै यत्र तत्र छरिएर बसेका छन ।

धनराजले माटो भाडाबाटै ७ जना परिवार पाल्दै आइरहेका रहेछन । अहिले भने पाल्न गार्हो भएर तीन भाइ छोरा सबै आ—आफ्नो पेशामा छन, हाल घरमा २ छोरीले माटो ल्याई दिने, मोल्दिने काम गरेर सहयोग गर्ने गरेको धनराज बताए । ठ्याक्कै यति आम्दानी हुन्छ भन्ने एकिन त छैन तर घरपरिवार पाल्न पुगेको छ उनले भने । माटोको गमला, सानो मटिया, खुत्रुके, करुवा, घोडाको माग अझै छ । ‘तर यी साना साना भाडा बेचेर हाम्रो दुख उठ्दैन’ उनले भने । अहिले दाङको लमही, घोराही र तुलसीपुर बजारसम्म मात्र जाने गरेपनि पहिलेको जस्तो माग नभएको धनराज कुमालले बताए ।

धेरै मेहनत गरेर बनाएका भाडाहरू अहिले उनीहरुको घरमा थन्किएका छन् । उनीहरुले बनाएका ठूलो घैटा दुई सय, सानो घैटा एक सय बिसदेखि तिससम्म र फुल राख्ने गमला साठि रुपैयाँमा बेच्ने गर्छन् । कुमाल समुदायका पाका उमेरका मानिसले लोप हुन लागेको पेशामा राज्यले लगानी गरेर संरक्षण गरिदिए युवा पिढीले उक्त पेशालाई अंगाल्ने थिए की भन्ने अपेक्षा गरेका छन् ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी