ताजा अपडेट »

सैनामैनाको पर्रोहा माविमा १८ कोठे भवनको शिलान्यास

बुधबार, ०४ चैत्र २०७७, १९ : २६
12 Shares
बुधबार, ०४ चैत्र २०७७
12 Shares

बुटवल । रुपन्देहीको सैनामैना-४ मुर्गियामा अवस्थित पर्रोहा माध्यमिक विद्यालयको १८ कोठे भवनको शिलान्यास गरिएको छ । बुधवार एक कार्यक्रमकाबीच राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईले उक्त भवनको शिलान्यास गरे । 

सो अवसरमा बोल्दै भट्टराईले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कायम गर्नका लागि सरकारले शिक्षासँगै भौतिक पूर्वाधारमा जोड दिनुपर्ने बताए । सरकारले शिक्षा क्षेत्रलाई प्रथाममिकताका साथ अगाडि बढाएको बताउँदै उनले प्राविधिक शिक्षामासमेत जोड दिएको उल्लेख गरे । विद्यालयको भवन समयमै सम्पन्न गर्नका लागि विद्यालय व्यवस्थापन समितिसँगै स्थानीयको पनि महत्वपूर्ण भुमिका हुने भट्टराईले बताए ।  

नगर प्रमुख चित्र बहादुर कार्कीले सैनामैनामा शिक्षा क्षेत्रको सुधारका लागि सामुदायिक विद्यालय सुधारलाई जोड दिँदै बजेट उपलब्ध गराइरहेको बताए । उनले यस क्षेत्रलाई शिक्षाको हबको रुपमा विकास गर्दै प्रविधिको क्षेत्रमा समेत फड्को मार्न विद्यालयमा आइसिटी मार्फत अध्यापन हुने गरेको जानकारी गराए । कार्कीले विद्यालयको भौतिक एवम् शिक्षा क्षेत्रको विकास लागि नगरपालिका प्रतिबद्ध रहेको बताए । 

विद्यालयको शैक्षिक विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद अधिकारीको भनाइ छ । उनले विद्यालयलाई नमूना विद्यालयको रुपमा अगाडि बढाउन आफूसँगै व्यवस्थापन समित लागि पर्ने प्रतिबद्धता व्यक्त गरे । 

१८ कोठे भवन निर्माणका लागि २०७७ साल माघ २१ गते के एण्ड केजी र जय अम्बे जे.भी बीच ठेक्का सम्झौता भएकोे थियो । भ्याटसहित २ करोड ७७ लाख ८३ हजार ५ सय ८८ रुपैँया लागत रहेको उक्त भवनको निर्माण कार्य २०७७ माघ १५ गतेसम्म सम्पन्न गर्नुपर्नेछ ।

शिलान्यास कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षता, राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईको प्रमुख आतिथ्यता,लुम्बिनी प्रदेश सभा सदस्यद्धय भोजप्रसाद श्रेष्ठ,कमला विश्वकर्मा, सैनामैना नगर प्रमुख चित्र बहादुर कार्की, उपप्रमुख बिना रानाको विशिष्ठ आतिथ्यता तथा वडा नं ४ का वडाध्यक्ष धन बहादुर कार्की, वडा नं ३ का वडाध्यक्ष रत्न बहादुर पौडेल, वडा नं ५ का वडाध्यक्ष पर्शुराम सापकोटा, नगर शिक्षा शाखा प्रमुख हेमराज अर्याल, मिन प्रसाद पौडेल, प्राचार्य बलबहादुर केसी लगायतको आतिथ्यतामा भएको हो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।