ताजा अपडेट »

हरैया माविको ४ कोठे भवन शिलान्यास

मंगलबार, ०३ चैत्र २०७७, २१ : २७
14 Shares
मंगलबार, ०३ चैत्र २०७७
14 Shares

कञ्चन । रुपन्देहीको कञ्चन-३ हरैयामा अवस्थित हरैया माध्यमिक विद्यालय (साधरण तथा प्राबिधिक) को ४ कोठे भवन शिलान्यास भएको छ । संघीय सरकारको अनुदानमा ९० लाख खर्चमा निर्माण हुन लागेको भवनको नेकपा(एमाले)का नेता तथा राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले मँगलबार शिलान्यास गरेका हुन् ।

भट्टराइले विद्यालयमा शैक्षिक सुधारका लागि आवश्यक पर्ने भौतिक पुर्वाधार निर्माणमा आफूले सक्दो पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे । यसैगरी विद्यालयमा विद्यार्थीहरुका लागि बस सञ्चालन गर्न यथासक्य स्रोतको व्यवस्थापन गरी खरिदका लागि पहल गर्ने प्रतिवद्धता गरेका छन् । विद्यालयमा आधारभूत तहका विद्यार्थीहरुलाई आवागमनमा सहजता ल्याउन बसको व्यवस्था गर्न आवश्यक रहेको विद्यालयका प्रधानाध्यापक मेघनाथ शर्माले गुनासो गरेका थिए । अध्यक्ष शर्माको माग बारे बोल्दै सांसद भट्टराइले कञ्चनको बिकासमा आफू सधै सकारात्मक र सहयोगी रहेको बताउँदै स्थानीय जनप्रतिनीधि, राजनैतिक दल र बिकासप्रेमी अगुवाहरुले नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरे ।

फरक प्रसङ्गमा बोल्दै नेता भट्टराईले नेकपा (एमाले) भित्र आफ्नै घरभित्रको नेतृत्वलाई छोडेर अर्कै घरकालाई मूली मान्न थालेपछि समस्या सिर्जना भएको आरोप लगाए । एमाले बिभाजनलाई जोगाउन पार्टी भित्रका शिर्ष नेतृत्व र दोस्रो पुस्ताका नेतृत्व निरन्तर प्रयासमा रहेको बताउँदै उनले वार्ता र संवादबाट समस्या समाधान हुने उल्लेख गरे । बाहिर बजारमा हल्ला चलेजस्तो नेकपामा समस्या नभएको उल्लेख गर्दै उनले नेकपाका नेता कार्यकर्ता पार्टीप्रति प्रतिवद्ध भएकाले विभाजन नहुने दाबी गरे ।

खाँची निर्माण सेवा काठमाण्डौले निर्माणको जिम्मा पाएको भवन आगामी जेठ मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । साधारण र प्राविधिक गरी करिब १ हजार २ सय विधार्थी अध्ययनरत विद्यालयमा बिगत ४ वर्षदेखि कम्प्युटर इन्जिनियरिङ्ग विषयमा अध्यापन हुँदै आएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।