बुटवल । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–भैरहवा सडक खण्डकको चौराह अस्पताल अगाडी कारको ठक्करबाट एक महिला घाइते भएकी छन् । आज साझ भैरहवादेखि बुटवलतर्फ आउँदै गरेको बा १३ च ६६७८ नम्बरको कारले पैदल यात्री महिलालाई ठक्कर दिँदा घाइते भएकी हुन् ।
घटनापछि घाइते महिलालाई उपचारका लागि चौराहा अस्पतालमा भर्ना गरिएको वडा प्रहरी कार्यालय रामनगरका प्रहरी निरीक्षक गोविन्द रेग्मीले जानकारी गराए । कार र चालकलाई वडा प्रहरी कार्यालयले नियन्त्रणमा लिई थप अनुसन्धान जारी रहेको जनाएको छ ।
प्रतिक्रिया