ताजा अपडेट »

विपन्न छात्रछात्रालाई झोलासहित शैक्षिक सामग्री प्रदान

शनिबार, २९ फागुन २०७७, १७ : ५८
24 Shares
शनिबार, २९ फागुन २०७७
24 Shares

मोरङ। हाम्रो समाज, लायन्स र लियो क्लब मिल्स एरिया विराटनगरले आज विपन्न परिवारका बालबालिकालाई विद्यालय झोला, औजार बक्स र शैक्षिक सामग्री वितरण गरेको छ ।

विराटनगर महानगरपालिका क्षेत्रका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत गरिब एवं पिछडिएका क्षेत्रका छात्रछात्रा ३० जनालाई वितरण गरिएको हो । महानगरपालिकाका प्रमुख भीम पराजुलीले झोला वितरण गर्दै नगरका सामुदायिक विद्यालयको शैक्षिकस्तर उकास्न एवं अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्नका लागि विगत दुई वर्षको अवधिमा १० विद्यालयलाई रु ५०-५० लाख वितरण गरेको जानकारी दिए ।

उनले युवायुवतीलाई स्वदेशमा रोजगार उपलब्ध गराउनका लागि आवश्यक प्राविधिक शिक्षाका लागि महानगरले दुई विद्यालयमा बहुप्राविधिक शिक्षालय सञ्चालन गरेको बताए । हाम्रो समाजका अध्यक्ष अनुप सापकोटा, नेपाल पत्रकार महासङ्घ जिल्लाका अध्यक्ष बन्धु पोखरेल, दीपेन्द्र अमात्य, लायन्स क्लबका कैलाश साहले सामाजिक कार्यमा आगामी दिनमा थप सहयोग वढाउने प्रतिबद्धता व्यक्त गरे ।

रासस
लेखकको बारेमा
रासस