बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले विभिन्न राजनीतिक दलहरुसँग छलफल गर्न ३ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा फखरुद्धिन खान, विरबहादुर राना र रमा अर्याल रहेका छन् ।
समसामयिक राजनैतिक विषयमा छलफल गर्नका लागि लुम्बिनी प्रदेशसभा प्रतिनिधित्व गर्ने विभिन्न राजनैतिक दलहरुसँग आवश्यक छलफल, संवाद र परामर्श गर्न ३ सदस्यीय कार्यदल गठन गरिएको कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कुमार कानोडियाले बताए ।
प्रतिक्रिया