ताजा अपडेट »

१० हजार फिटमाथि आकासमा पनि अब इन्टरनेट चलाउन पाइने

विहीबार, २० फागुन २०७७, १७ : २८
26 Shares
विहीबार, २० फागुन २०७७
26 Shares

काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले नेपाली आकाशमा पनि इन्टरनेट चलाउन पाइने व्यवस्था मिलाउने भएको छ । जसका लागि प्राधिकरणले अनुमतिपत्र खुलाउने तयारी गरिरहेको बताएको छ ।२३ औं बार्षिक उत्सवमा बोल्दै प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले नेपाली आकाशमा इन्टरनेट चलाउन पाइने बिषयको बारेमा अध्ययन भइरहेको बताए ।

‘आईकाओको नीति अनुसार अनुमतिपत्र खुलाउने प्रक्रिया अगाडि बढाइरहेका छौं,’ खनालले भने, ‘त्यो सँगै १० हजार फिट माथि आकासमा विदेशी प्लेनमा इन्टरनेट चलाउन सकिने छ ।यस अघि नेपाली आकाशमा इन्टरनेट चलाउन पाइने व्यवस्था र प्रविधि थिएन । अब भने अनुमति पत्र खुलाएरै सेवा दिने तयारी थालिएको हो । -(मेरो लगानी)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।