ताजा अपडेट »

करेन्ट लागेर किशोरको मृत्यु

विहीबार, २० फागुन २०७७, १३ : १०
44 Shares
विहीबार, २० फागुन २०७७
44 Shares


तनहुँ । भानु नगरपालिका–१ स्थित बुधबार करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । बन्दीपुर गाउँपालिका–४ डुम्रेका १६ वर्षीय स्वरुप तामाङको चुँदी खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चुँदी खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका इञ्जार्च प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए । उनका अनुसार करेन्ट लागेर तामाङ मृतावस्थामा खोलामा भेटिएपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । मृतकको शव परीक्षणका लागि दमौली अस्पताल पठाइएको उनले बताए ।

रासस
लेखकको बारेमा
रासस