ताजा अपडेट »

ओली पक्षको गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेला स्थगित

शनिबार, १५ फागुन २०७७, ११ : १४
6 Shares
शनिबार, १५ फागुन २०७७
6 Shares

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेला स्थगित भएको छ ।

गण्डकी प्रदेश कमिटीले आज पोखरामा आयोजना गरेको भेलाको तयारी नपुगेको भन्दै कार्यक्रम स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । अर्को भेला १७ गतेलाई सारिएको जनाइएको छ ।  

भेलालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।