परासी । नवलपरासी ९बर्दघाट सुस्ता पश्चिमको बर्दघाट नगरपालिकास्थित पञ्चनगर स्वास्थ्य चौकीको आज भवन शिलान्यास गर्दै मन्त्री त्रिपाठीले फागुन २३ गतेदेखि खोप केन्द्रहरुमार्फत कोरोनाविरुद्धको खोप लगाइने जानकारी दिँदै ६० वर्षमाथिका सबैलाई खोप लगाउन आग्रह गरे । उनले आजै १० लाख खोप डोज नेपाल भित्रिएको जानकारी पनि दिए ।
मन्त्री त्रिपाठीले कतिपय विकसित देशले समेत पैसा तिरेर पनि कोरोना खोप पाउन नसकिरहेको उल्लेख गर्दै आफूहरुको विशेष पहलबाट खोप प्राप्त गर्न सफल भएको बताए । “कोरोना खोप अब स्वास्थ्य सामग्रीका रुपमा मात्र नभई राजनीतिक सामग्रीका रुपमा विश्वव्यापी भएको छ”, उनले भने ।
फरक प्रसङ्गमा मन्त्री त्रिपाठीले लुम्बिनी र गण्डकी प्रदेश जोड्ने गरी दाउन्ने खण्डको विकल्पमा संसारकोट–दुम्किबास सडक निर्माणका लागि केन्द्रीय योजनाका रुपमा सरकारले प्राथमिकता दिएको जानकारी दिए । सो सडकका लागि बजेट विनियोजन भई काम शुरुआत भइसकेको उनले जानकारी दिए ।
प्रतिक्रिया