बुटवल । कालिका मानवज्ञान माध्यमिक विद्यालयमा पत्रकार र विद्यार्थीहरुलाई सम्मान गरिएको छ। एक समारोहका बीच पत्रकार कृष्ण मल्ल लगाएत विविभन्न विद्यार्थीहरुलाई सम्मान गरिएको विद्यालयका शिक्षक युवराज कंडेलले बताए । पत्रकार मल्ललाई उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ । लामो समयदेखि शिक्षा पत्रकारितामा संलग्न मल्ल बुटवल टुडे दैनिकका सम्पादक तथा शिक्षा पत्रकारिता समुहका केन्द्रिय उपाध्यक्ष हुन् । शिक्षा पत्रकारितामार्फत विद्यालयका चौतर्फी विकासमा योगदान गरेकोले पत्रकार मल्ललाई सम्मान गरिएको हो ।
त्यसैगरी विद्यालयमा स्थापना भएको रामकाजी, मिनकुमारी कल्याणकारी अक्षयकोषबाट विद्यार्थी सविना सुवेदीलाई ५० हजार राशीको पुरस्कार दिइएको छ । २०७५ सालको एसईई परीक्षामा ४ जिपिए ल्याए बापत उनलाई उक्त पुरस्कार दिइएको हो । उनि अहिले उक्त विद्यालयको कक्षा १२ तर्फ विज्ञान समुहमा अध्ययनरत छिन् । श्रीपञ्चमीको अवसरमा विद्यालयमा आयोजित पुरस्कार वितरण कार्यक्रममा अक्षयकोषदाता राम काजी गुरुङ र मिनकुमारी गुरुङको उपस्थितिमा उनलाई मंगलबार पुरस्कार प्रदान गरिएको हो ।
उक्त अक्षयकोषबाट कक्षा १२ मा सर्वोत्कृष्ट जिपिए ल्याउने संदिपा अस्लामी, निशा खत्री र सचिन रोका क्षेत्रीलाई ३०/३० हजारको पुरस्कार प्रदान गरिएको छ । विद्यालयका प्रधानाध्यापक बिष्णुहरि ज्ञवालीका अनुसार बुटवल ९, इट्टाभट्टी निवासी गुरुङ परिवारले उक्त अक्षयकोष स्थापना गरेका हुन् । त्यसैगरी विद्यालयका अरु २१ जना विद्यार्थीलाई २ हजारका दरले पुस्कार प्रदान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर गलामीले जानकारी दिए ।
उक्त कार्यक्रममा स्व. मानबहादुर गलामी स्मृति अक्षयकोषबाट कक्षा १२ को शिक्षा समुहमा सर्वोत्कृष्ट जिपिए ल्याउने दुइ जना छात्र छात्रालाई ५÷५ हजार नगर सहित सम्मान गरियो । सम्मान हुनेहरुमा सुमन श्रेष्ठ र श्वेता गुप्ता रहेकी छिन् । विद्यालयले स्व. डा. प्रज्वल श्रेष्ठ अक्षयकोषबाट कक्षा १२ मा विज्ञान समुहतर्फ सर्वोत्कृष्ट जिपिए ल्याउने सचिन रोका र विपिन धिताललाई ९/९ हजार नगद सहित सम्मान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हो बहादुर गलामिको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कक्षा ११ र १२ को वार्षिक परिक्षामा सर्वोत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो ।
प्रतिक्रिया