ताजा अपडेट »

त्रिभुवन विश्वविद्यालय सेवा आयोग खारेज गर्न माग

बुधबार, ०८ जेठ २०७६, १५ : ४८
18 Shares
बुधबार, ०८ जेठ २०७६
18 Shares

जेठ ८,

काठमाण्डौ । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका संयोजक सिपी गजुरेलले त्रिभुवन विश्वविद्यालय सेवा आयोग तत्काल खारेज गर्न सरकारसँग माग गर्नु भएको छ । संयोजक गजुरेलले भ्रष्टाचारमा मुछिएको भन्दै त्रिभुवन विश्वविद्यालय सेवा आयोग तत्काल खारेज गर्न सरकारसँग माग गर्नु भएको हो । बुधबार अखिल क्रान्तिकारीले यस सेवा आयोग खारेजको माग गर्दै आयोगको कार्यालय मूलगेटमा अनिश्चितकालीन धर्ना कार्यक्रम गरेका थिए ।

कार्यक्रमलाई ऐक्यवद्धता जनाउन धर्नास्थल पुग्नु भएका गजुरेलले योग्यता र क्षमताको आधारमा भन्दा पनि राजनीतिक भागबण्डाको आधारमा परीक्षा लिनेलगायतका गलत काम गर्ने सेवा आयोग खारेज गर्नुको विकल्प नरहेको बताउनुभयाे ।अखिल क्रान्तिकारीले भ्रष्टाचार गरेको लगायतका आरोप लगाउँदै गएकाे सोमबारबाट यस आयोगको खारेजीको माग गर्दै अनिश्चितकालीन धर्ना कार्यक्रम सुरु गरेको हो । भर्ना कार्यक्रममा मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका युवा, प्राध्यापकलगायतका संगठनहरुले पनि ऐक्यवद्धता जनाएका छन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।