ताजा अपडेट »

रूसमा आवासीय भवनमा आगलागी हुँदा पाँचको मृत्यु

बुधबार, २८ माघ २०७७, १३ : १८
6 Shares
बुधबार, २८ माघ २०७७
6 Shares

मस्को। रूसको कोमी क्षेत्रमा मङ्गलबार एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको यहाँको समाचार संस्था (तास) ले जनाएको छ ।

कोमी राज्यको राजधानीमा भएको आगलागीपछि घटनास्थलमा उद्धार सेवाहरू आइपुग्दा उक्त निजी आवासीय भवनलाई जलाइसकेको विभागले उल्लेख गरेको छ ।घटनामा मृत्यु हुने सबै वयस्क रूसी नागरिक रहेका र उनीहरूको पहिचान भइरहेको बताइएको छ ।

प्राप्त जानकारी अनुसार स्थानीय समय अनुसार मङ्गलबार ६ बजेसम्ममा आगलागी नियन्त्रणमा आइसकेको छ । आगलागीका कारण केही व्यक्ति घाइते भएको बताइएको छ ।आगलागीले उक्त निजी आवासीय भवनको ४९ वर्गमिटर क्षेत्रमा क्षति पुगेको बताइएको छ ।

रासस
लेखकको बारेमा
रासस