ताजा अपडेट »

मौसम : तापक्रम वृद्धिसँगै गर्मी बढ्ने

सोमबार, ०६ जेठ २०७६, १० : ३१
34 Shares
सोमबार, ०६ जेठ २०७६
34 Shares

वैशाख ६,

केहि दिनदेखि मौसममा सुधार आएसँगै तराईका विभिन्न ठाउँमा चलेको तातो हावाका कारण ती क्षेत्रको जनजीवन प्रभावित भएको छ । बाँके, बर्दिया, रुपन्देही, भैरहवा, धनगढी लगायतका तराईका धेरैजसो ठाउँमा तातो हावा चल्दा बालबालिका, वृद्धवृद्धा र दैनिक काममा हिड्नेहरुको दैनिकी प्रभावित भएको हो ।

गर्मी बढेसँगै ज्वरो आउने, टाउको दुख्ने, झाडापखाला लाग्ने लगायत समस्या देखिन थालेको छ । गर्मी बढ्दै जाँदा दिउसोको समयमा स्थानीयहरु घर बाहिरसमेत निस्कन सकेका छैनन् ।उनीहरुले आफुलाई चाहिने सामानको जोहो बिहान र बेलुकाको समयमा गर्ने गरेका छन् । ४, ५ दिन यता पानी नपरेका कारण गर्मी झनै बढेको छ ।

आइतबार नेपालगन्जको तापक्रम ४० दशमलव ६ डिग्री सेल्सियससम्म पुगेको थियो । यस्तै धनगढीको ४० डिग्री सेल्सियस, जनकपुरको ३९ दशमलव २ डिग्री सेल्सियस, बिराटनगरको ३६ दशमलव २, भैरहवाको ३८ दशमलव ८ डिग्री सेल्सियस र धरानको ३४ डिग्री सेल्सियस सम्म पुगेको थियो ।यस्तै तराईका क्षेत्रमा मात्र नभई देशका अरु ठाउँमा पनि तापक्रम बढेको छ । अब केहि दिन तापक्रम वृद्धि हुने र अझै गर्मी वढ्ने मौसमविदहरुले अनुमान गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।