ताजा अपडेट »

संजीवनी कलेजमा विद्यार्थीलाई तालिम

सोमबार, २६ माघ २०७७, १३ : ४७
18 Shares
सोमबार, २६ माघ २०७७
18 Shares

बुटवल । संजीवनी कलेज अफ मेडिकल साइन्सेजका, कालिकानगर, बुटवल डिपार्टमेन्ट अफ पब्लिक हेल्थ अन्तर्गत विपिएच छैटौँ सेमेष्टरका विद्यार्थीहरुले आफ्नो पाठ्यक्रम अनुसारको तीन दिने तालिम सम्पन्न गरेका छन् ।

रुपन्देही जिल्लाका विभिन्न माध्यामिक विद्यालयका कक्षा एघार र बाह्रमा अध्ययनरत विद्यार्थीहरुलाई आत्महत्याः बढ्दो मानिसक स्वास्थ्य समस्या, सामाजिक मिडियाको मानसिक स्वास्थ्यमा प्रभाव र कोभिड १९ का बेला तनाब न्यूनिकरण गर्ने उपाए गरी तिन शिर्षकमा तीन दिन प्रशिक्षण दिइएको तालिम संयोजक सहप्राध्यापक मदन प्रसाद पन्थीले जानकारी दिए । कलेजका प्रमुख कार्यकारी अधिकृत दिपक रोकाको प्रमुख आतिथ्यता, विद्यार्थीहरु मदन शर्मा, भगवति पंगेनी, सम्झना पाण्डेको क्रमशः पहिलो, दोस्रो र तेश्रो दिनको अध्यक्षता, क्याम्पस प्रमुख सुमित्रा कोइरालाको विशिष्ट अतिथ्यता, प्रशासकीय अधिकृत राजु अर्याल, तालिम संयोजक सह प्रा.मदन पन्थी, सह प्रा.सलिला गौतम, उपप्राध्यापक कमल गौतम, उपप्राध्यापक दिपक बेल्बासेको विशेष आतिथ्यतामा सम्पन्न सो कार्यक्रमको संचालन गुन्जन ढकाल, पुष्पा रानाभाट, कमला कुवँरले गरेका थिए ।

बुटवल कालिकानगरमा अवस्थित होटल एशिएन व्यान्क्वीटमा सम्पन्न सो तालिममा विपिएच छैटौ सेमेष्टरका चालिस जना विद्यार्थीहरुले विभिन्न भुमिकामा रहेर तालिमको सहजिकरण गरेका थिए । यो प्रशिक्षणमा शिर्षकका अतिरिक्त तालिम कसरी संचालन गर्ने भन्ने बारेमा समेत सहभागलाई बिस्तृत रुपमा ज्ञान गराइयो । प्रमुख अथिति कार्यकारी प्रमुख दिपक रोकाले तालिम हल आफैमा एक तालिम सरह रहेको र विद्यार्थीहरुले पेशेवार तालिमकर्ता भन्दा अझ विशिष्ट किसिमले तयारी र विषयबस्तु पस्केकोमा उनीहरुलाई धन्यवाद दिदै सहभागि विभिन्न विद्यालयका विद्यार्थीहरुलाई सहभागिताको लागि आभार व्यक्त गरे ।

विशिष्ट अतिथि प्रिन्सिपल कोइरालाले विद्यार्थीहरुले संचालन गरेको सो तालिमबाट सिक्ने र सिकाउने दुवै लाभान्वीत हुने कुरा व्यक्त गरिन् । तालिममा सहभागिहरुले यस प्रकारको चेतनामुलक तालिम संचालन गरेर टिनएजर्समा थप उर्जा दिएकोमा कलेज र जनस्वास्थ्य विभागका सबैलाई धन्यवाद दिए । साथै तालिम फलदायी रहेको र सिकेका कुरा आफ्नो विद्यालयमा गएर अन्य साथिहरुबीच शेयर गर्ने कुरा व्यक्त गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।