ताजा अपडेट »

दुई सय सरकारी वेबसाइट ह्याक

विहीबार, ०२ जेठ २०७६, १० : ५२
24 Shares
विहीबार, ०२ जेठ २०७६
24 Shares


जेठ २,

काठमाडौँ ।  सरकारले डिजिटल नेपाल (स्मार्ट नेपाल) को अवधारणा अघि सारेको बेला सरकारी निकायका दुई सय वेबसाइट ह्याक (डिफेसेज) भएको सूचना प्रविधिका विज्ञहरुले बताएका छन् ।

विज्ञका अनुसार डिजिटल नेपाल हुनका लागि पूर्वाधार तयार भइसकेको छैन । बुधबार ‘सुबिसु कन्क्लेभ २०१९’ मा विज्ञहरुले नेपाललाई थप स्मार्ट बनाउन अझै केही समय लाग्ने दाबी गरे ।

कार्यक्रममा भैरव टेक्नोलोजीका सिइओ सरोज लामिछानेले हाल नेपालकै सरकारी वेबसाइटहरु सुरक्षित नभएको दाबी गरे । -नागरिक दैनिक

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।