ताजा अपडेट »

नेकपा (दाहाल-नेपाल) को आमहड्ताल सकियो, जनजीवन सामान्यतर्फ

विहीबार, २२ माघ २०७७, १७ : ०२
22 Shares
विहीबार, २२ माघ २०७७
22 Shares

बुटवल । नेकपा (दाहाल-नेपाल) ले आह्वान गरेको बन्द खुलेपछि जनजीवन सामान्य बन्दै गएको छ । सरकारले संवैधानिक निकायमा प्रक्रिया मिचेर एकतर्फी रुपमा नियुक्ति गरेको भन्दै प्रचण्ड–नेपाल समूहले आज देशव्यापी आम हड्तालको घोषणा गरेका थिए ।

बन्दका कारण दिनभर मुलुकको जनजीवन प्रभावित भएको थियो । देशका विभिन्न ठाउँमा भएका छितफुटका घटना बाहेक बन्दको कार्यक्रम शान्तिपूर्ण रुपमा नै सकिएको छ । एकाविहानै देशको राजधानी काठमाण्डौंमा बन्दकर्ताले एक सवारी साधानमा आगजनी गरेका थिए भने चितवनमा ४ वटा ट्रकमा आगजनी गरेका थिए । यसैगरी जनकपुरमा प्रहरी र बन्दकर्ता बीच झडप हुँदा केही व्यक्ति घाइते भएका थिए । नेकपा केन्द्रिय सदस्य रामचन्द्र झा घाइते भएको झडपमा नियन्त्रणमा लिनका लागि प्रहरी दर्जन बढी हवाई फायर र लाठी चार्ज गरेको थियो ।

प्रहरीले बन्द गराउँदै हिडेकी नेकपा केन्द्रिय सदस्य अष्टलक्ष्मी शाक्य लगायतका नेता कार्यकर्तालाई पक्राउ गरेको थियो । समग्रह रुपमा लुम्बिनी प्रदेशमा भने हडताल तथा बन्दको कार्यक्रम शान्तिपूर्ण रह्यो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।