ताजा अपडेट »

आमहड्ताल : भैरहवा-धकधईमा पनि सुनसान

विहीबार, २२ माघ २०७७, १५ : ४९
30 Shares
विहीबार, २२ माघ २०७७
30 Shares

रुपन्देही । असंवैधानिक ढंगले सरकारले संवैधानिक आयोगमा नियुक्ति गरी कानून विपरित सपथ ग्रहण समेत गराएपछि नेकपाले आह्वन गरेको आमहड्तालको प्रभाव रुपन्देहीमा पुर्ण रुपमा परेको छ ।

आमहड्तालको कारण लुम्बिनी प्रदेशका मुकाम रहेको रुपन्देही सदरमुकाम भैरहवा, धकधई, बेथरी, लुम्बिनी क्षेत्रमा ब्यापक प्रभाव परेको छ । डार्विन, जिवलाल अर्याल, कमला थापा, राम बहादुर बस्नेत, नुरजंग, मेराज खानहरुले भैरहवामा आमहड्ताललाई प्रभावकारी कार्यन्वयन गराउन नेतृत्व गरिरहेका छन् ।

धकधई क्षेत्रमा प्रदीप पान्डे, राजाबाबु क्षेत्रीले नेतृत्व गरेको सडक आन्दोलनकारीहरुले आमहड्ताललाई शान्तिपुर्ण रुपमा अगाडी बढाएका छन् । आमहड्तालको कारण रुपन्देहीमा रहेका कुनैपनि यातयात समितीले लामो तथा छोटो दुरीको सवारी साधन चलाएका छैनन्।

बजार सुनसान छ । यद्यपी व्यवसायीहरुले सरकारी कदमको विरुद्धमा आमहड्ताल गरिदा कोरोना कहरपछि बल्तल्ल लयमा आउन थालेको उद्योग व्यापार भने झनै समस्याग्रस्त हुन सक्ने भन्दै सामाजिक सन्जालहरुमा चिन्ता व्यक्त गरेको देखिन्छ । रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रविन पोखरेलका अनुसार रुपन्देहीमा अहिले सम्म कुनै अप्रीय घटना नघटेको बताए । उनले भने, ‘अहिलेसम्म अवस्था सामन्य नै छ । ”

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।