भैरहवा । पछिल्लो समय भैरहवामा रेस्टुरेन्ट ब्यवसाय सन्चालन हुने क्रम बढेको छ । विभिन्न फ्रेण्चाइजी ब्राण्डका रेस्टुरेन्टहरु र आफ्नै मौलिकताका अलग अलग रेस्टुरेन्ट सन्चालनले उपभोक्ताहरु लाभान्वित भएका छन ।
भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलले यस क्षेत्रमा अवसर बढाएको छ । भैरहवामा अवसर देखेरे नै हङकङ बस्दै आएका भैरहवाका युवा राजकुमार सेन्चुरीले इन्फिनिटी लाउन्ज सन्चालनमा ल्याएका छन । यहाबाट सम्पुर्ण भैरहवाकै अवलोकन गर्न सकिन्छ ।
भैरहवाको दृश्य अवलोकन गर्दै यहाको एसियन फ्युजनको विभिन्न खाजाका परिकारको स्वाद लिन सकिने सन्चालक सेन्चुरीले बताए ।
हङकङमा पनि रेस्टुरेन्ट ब्यवसाय सन्चालन गरेको अनुभवलाइ भैरहवामा उतार्ने र भैरहवावासीलाइ नया स्वाद चखाइने उनको भनाइ छ । म:म धेरै खानु भयो होला तर इन्फिनिटी को मस्मस् खाएर हेर्नुस अरु भन्दा धेरै भिन्न पाउनु हुनेछ । सेन्चुरिले भने खाजाको गुणस्तरमा ध्यान दिएको छौ ।
भैरहवाको नारायण पथमा सन्चालनमा आएको रेस्टुरेन्ट्मा साधारण, ब्यक्तिगत र कर्पोरेट सदस्यता समेत बितरण गरि सदस्यहरुलाइ विभिन्न छुटहरु प्रदान गर्ने सन्चालकले बताए । नेपाली, भारतीय र विमानस्थलमा आउने पर्यटक एवम स्थानिय समेतलाइ लक्षित गरि करिब डेढ करोडको लागतमा उक्त रेस्टुरेन्ट सन्चालनमा आएको हो ।
प्रतिक्रिया