ताजा अपडेट »

इजरालयमा ३० लाखले लिए कोरोना विरुद्धको खोप

आइतबार, १८ माघ २०७७, १६ : ४२
16 Shares
आइतबार, १८ माघ २०७७
16 Shares

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको खोप लगाउने व्यक्तिको संख्या इजरायलमा ३० लाख नाघेको जनाएको छ ।

गत डिसेम्बर २० मा खोप अभियान शुरु भएयता कूल जनसंख्याको करिब ३२ प्रतिशतले खोप लगाइसकेका छन् । इजरायलको जनसंख्या करिब ९३ लाख रहेको छ ।

मन्त्रालयका अनुसार ७० वर्ष र सोभन्दा बढी उमेरका ९० प्रतिशतभन्दा बढी व्यक्तिले खोप लिइसकेका छन् । इजरायलमा कोभिड–१९ बाट संक्रमितको कूल संख्या ६ लाख ४० हजार नाघेको छ जसमध्ये ७२ हजार व्यक्तिमा सक्रिय संक्रमण छ ।

इजरायलमा कोभिड–१९ संक्रमितमध्ये चार हजार ७४५ जनाको मृत्यु भएको छ भने गम्भीर अवस्थामा रहेका व्यक्तिको संख्या एक हजार १६२ छ । कोभिड–१९ संक्रमितमध्ये पाँच लाख ६४ हजार संक्रमणमुक्त भएका छन् ।–सिन्ह्वा
––

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।