ताजा अपडेट »

म बाँचे मेरो भविष्य उज्यालो हुन्छ : क्यान्सर पीडित हिमाल

आइतबार, १८ माघ २०७७, १२ : ४१
188 Shares
आइतबार, १८ माघ २०७७
188 Shares

स्याङ्जा । स्याङ्जाका क्यान्सर पीडित हिमाल बिकले थप उपचारकालागि सहयोगको आग्रह गरेका छन् । कालीगण्डकी गाउँपालिका–१ समिचौर निवासी हिमाल बिक केही महिनादेखि घुँडाको क्यान्सर रोगसँग लड्दै आएका छन् ।

उपचारका लागि पर्याप्त रकम नहुँदा बिकको उपचारमा समस्या उत्पन्न भएको छ। आफ्नो परिवारको आर्थिक अवस्था अत्यन्तै नाजुक भएकोले क्यान्सर पीडित छोराको उपचार गर्नलाई कठिन भएको बिकका बुबा लाल बहादुर बिकले बताए । वि.सं. २०५३ सालमा जन्मिएका बिक केही गर्ने, केही बन्ने तथा लाउ–लाउ र खाउ–खाउ भन्ने उमेरमा आफू क्यान्सरबाट पीडित भएकोले सहयोगीमनहरु सामु बिकले सहयोगको याचना गरेका छन् ।

देश तथा बिदेशमा रहेका सम्पूर्ण सहयोगी मनहरुले सहयोग गरिदिए आफु क्यान्सर रोगबाट मुक्त हुने आशा लिएको बताउदै बिकले आफ्नो बुवाको घाँटीमा आएको गिर्खाको समेत अपरेसन गर्न नसकेकोमा दुखेसो व्यक्त गरे । बिकको हाल बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा उपचार भैरहेको छ। बिकको उपचारको सहयोगका लागि एभेरेष्ट बैंकको खाता नं: (00400501225257) लाल बहादुर कामी। बिदेशबाट सहयोगका लागि सुईफ्ट कोड नं: EVBLNPKA प्रयोग गरि सहयोग गर्न सकिने छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।