ताजा अपडेट »

तिनाउमा खुल्ला कविता प्रतियोगिता

शुक्रबार, २७ बैशाख २०७६, २० : १४
112 Shares
शुक्रबार, २७ बैशाख २०७६
112 Shares

वैशाख २७,

ग्लोबल आवाज
बुटवल । तिनाउ बोर्डिङ्ग स्कुुलमा नियमित शुक्रबारिय अतिरिक्त क्रियाकलाप अन्तरगत खुुल्ला कविता प्रतियोगिता सम्पन्न भएको छ । तिनाउ साहित्य वाटिकाको आयोजना तथा तिनाउ बाल क्लबको संयोजनमा सम्पन्न उक्त क्रार्यक्रममा विद्यालयकी प्राचार्य प्रमुख अतिथि, विद्यालयका संस्थापक अध्यक्ष यज्ञमुर्ति पाण्डे विशिष्ट अतिथि तथा तिनाउ साहित्य वाटिकाका अध्यक्ष सत्यम ज्ञवालीको सभापतित्वमा कार्यक्रम सञ्चालन विद्यार्थी साजन मल्लले गरेका थिए । कक्षा ४देखि ९ सम्मका विद्यार्थीहरु बिच सम्पन्न उक्त प्रतियोगितामा झन्डै ५० भन्दा बढी विद्यार्थीहरुले कविता वाचन गरेका थिए ।


विद्यालयका नेपाली शिक्षक विश्वास भन्डारीले निर्णायकको भूूमिका निर्वाहगरेका थिए । उक्त क्रार्यक्रमा बोल्दै विद्यालयका अध्यक्ष यज्ञमुर्ति पाण्डेले विद्यार्थीहरुलाई पढाइमा मात्र सिमित नभई उनीहरुमा रहेका अन्तरनिहित प्रतिभाहरु कदर गर्नुुपर्नेमा जोड दिए । त्यसैगरी विद्यालयकी प्राचार्य सिता पाण्डेले विद्यार्थीहरुलाई पढाई लगायत विभिन्न अतिरीक्त क्रियाकलापहरुमा बढि जोड दिने रुपन्देहिमै नमुुना विद्यालय तिनाउ.ई.बो.स्कुल रहेको बताइन् ।


प्रतियोगितामा कक्षा ९ सनका प्रविन रसाईली प्रथम, कक्षा ८ स्टारकी वर्षा पौडेल द्घितीय र कक्षा ८ स्टारकै प्रसान्त पैडेल तृतीय स्थान हासिल गरेका थिए र उक्त प्रतियोगितामा क्रमशः प्रथम, द्घितीय र तृतीय स्थान हासिल गर्न सफल प्रतियोगिहरुलाई विद्यालयका अध्यक्ष यज्ञमुर्ति पाण्डे र विद्यालयकी प्रचार्य सिता पाण्डेले अविर तथा पुरस्कार प्रदान गरेका विद्यालयका सुपरिवेक्षक ईश्वरी प्रसाद पाण्डेले दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।