ताजा अपडेट »

रोबोटले चलाउने बस, यात्रुसँग पनि कुरा गर्ने

शुक्रबार, २७ बैशाख २०७६, १७ : २०
28 Shares
शुक्रबार, २७ बैशाख २०७६
28 Shares

वैशाख २७,

चीनले स्वचालित ‘पाण्डा बस’ सञ्चालनमा ल्याएको छ । प्रविधिले दिन प्रतिदिन छलाङ मारिरहँदा चीनले ‘डिजिटल चाइना’ अभियान अन्तर्गत स्वचालित पाण्डा बस सञ्‍चालनमा ल्‍याएको हो ।

डिजिटल चाइन समीटको आयोजना गर्दै उक्त स्वचालित बस सञ्‍चालनमा ल्याएको घोषणा गरिएको हो । १२ मिटर लामो उक्त स्वचालित बसमा आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि जडान गरिएको छ । यसका साथै यात्रुसँग कुरा गर्न सक्‍ने ‘भ्वाइस इन्टरएक्सन’, आपत्तकालिन द्वार प्रणाली लगायत सबैमा आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि जडान गरिएको चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेका छन् । -एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।