ताजा अपडेट »

प्रधानमन्त्रीले न्यायलयमा प्रहार गर्नसक्ने नेता भुसालको आशंका

मंगलबार, १३ माघ २०७७, २० : ५३
28 Shares
मंगलबार, १३ माघ २०७७
28 Shares

बुटवल । पुर्व कृषिमन्त्री तथा नेकपा (प्रचण्ड-नेपाल पक्ष) का स्थायी कमिटी सदस्य घनश्याम भुसालले प्रधानमन्त्री केपी ओलीले अदालतमा माथी नै प्रहार गर्ने आशंका व्यक्त गरेका छन् । संसद विघटन गरेर संविधान विपरित व्यवस्थामा आक्रमण गरेको बताउँदै उनले अदालतले त्यो कुरा सदर गरेको अवस्थामा न्यायललाई समेत प्रहार गर्नसक्ने बताएका हुन् ।

तिलोत्तमामा मँगलबार मिडियाका सम्पादक, लेखक तथा बुद्धिजिवीहरुसँगको अन्तक्रियामा बोल्दै नेता भुसालले अदालतले संविधानको रक्षा गर्न नसके न्यायलय पनि समाप्त हुने विचार व्यक्त गरे । न्यायलयलाई संविधान, कार्यपालिका र व्यवस्थापिकाले बचाइराख्नेहुँदा संविधानको रक्षा गर्नु अनिवार्य भएको उनले बताए ।

नेता भुसालले अदालत सेटिङको प्रभावमा नपरोस भन्ने उद्देश्यले आफूहरुले आन्दोलन गरेको दाबी गर्दै जनताबाट बहुमत ल्याउने अनि सरकार चलाउँदैन भन्ने अधिकार संविधानले कसैलाई नदिएको बताए । भुसालले संसद ब्युँतिए फेरि अर्को केपी ओली नजन्मने ठोकुवा गर्दै संविधानले कल्पना गरे अनुसार दल बन्न नसकेका कारण समस्या उत्पन्न भएको खुलासा गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।